शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

देउवा पक्षका सबै पदाधिकारीको टुंगो, उपसभापति र महामन्त्रीमा को–को ? (नामसहित)

देउवा पक्षका सबै पदाधिकारीको टुंगो, उपसभापति र महामन्त्रीमा को–को ? (नामसहित)

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 6.5K
    SHARES

  • देउवा पक्षका सबै पदाधिकारीको टुंगो, उपसभापति र महामन्त्रीमा को–को ? (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलमा पदाधिकारीको टुंगो लागेको छ ।

    सभापतिमा फेरि दोहोरिने रणनीतिसहित देउवाले पदाधिकारीको टुंगो लगाएका छन् ।

    देउवाको उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाइएको छ ।

    महामन्त्री पदमा डा. प्रकाशशरण महत र कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेल उम्मेदवार बनेका छन् ।

    सहमहामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खसआर्यमा किशोरसिंह राठौर, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही सहमहामन्त्रीका उम्मेदवार बनेका छन् ।

    थारु सहमहामन्त्री पदको उम्मेदवारमा सिटौला पक्षका उमाकान्त चौधरीलाई ल्याइएको छ ।

    खस आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायण बहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासी पूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन, गोविन्दबहादुर शाह अछाम तथा खस आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण सिराहा, नानु बास्तोला काठमाडौँ, चम्फा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लीला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend