आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनपी साउँदलाई बाइपास गर्न खोजेपछि देउवामाथि चर्काे दबाब, ३०० जना खुलेरै समर्थनमा

एनपी साउँदलाई बाइपास गर्न खोजेपछि देउवामाथि चर्काे दबाब, ३०० जना खुलेरै समर्थनमा

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 8.9K
    SHARES

  • एनपी साउँदलाई बाइपास गर्न खोजेपछि देउवामाथि चर्काे दबाब, ३०० जना खुलेरै समर्थनमा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्री पदमा नेता एनपी साउँदलाई उम्मेदवार बनाउनुपर्ने चर्काे दबाब परेको छ ।

    सभापति देउवाले आफ्नो टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेलाई उम्मेदवार बनाउने निश्चितजस्तै भएपछि साउँद पक्षका महाधिवेशन प्रतिनिधि असन्तुष्ट बनेका छन् ।

    प्रधानमन्त्री तथा सभापति देउवाको सरकारी निवास बालुवाटारमा ३०० जना नेता–कार्यकर्ताले साउँदलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने भन्दै धर्ना दिइरहेका छन् ।

    साउँद लामो समयदेखि देउवा पक्षमा रहेर सहयोग गर्दै आइरहेका छन् । उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व सभापति, पार्टीका केन्द्रीय सदस्य र पूर्वमन्त्री समेत हुन् ।

    देउवाले साउँदलाई बाइपास गरेर अरुलाई नै पार्टीमा अगाडि बढाउन खोजेपछि असन्तुष्टि बढेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend