शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

आउँदो चुनावपछि गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ, मलाई जिम्मा दिनुस् : शेरबहादुर देउवा

आउँदो चुनावपछि गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ, मलाई जिम्मा दिनुस् : शेरबहादुर देउवा

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २४ २०७८

  • 3.9K
    SHARES

  • आउँदो चुनावपछि गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बन्छ, मलाई जिम्मा दिनुस् : शेरबहादुर देउवा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो चुनावबाट गाउँदेखि माथिसम्म कांग्रेसको सरकार बन्ने बताएका छन् ।

    १४औं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै देउवाले गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार बनाउने जिम्मा आफूलाई दिन आग्रह गरे ।

    देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले केपी शर्मा ओलीबाट मुक्तिको अनुभव गरेको बताए ।

    ओली सरकारको पालाको डरत्राशबाट जनताले मुक्त पाएको बताउँदै देउवाले अबको महाधिवेशनले यसलाई अगाडि बढाउने वा नबढाउने तय गर्ने बताएका छन् ।

    देउवाले आफूलाई पुनः सभापतिमा जिताउन आग्रह गर्दै भने, ‘एक पटक मलाई जिताइदिनुस् । कुनै पनि हालतमा डरत्रासबाट मुक्त शासन ल्याएर छोडिन्छ । ओलीको जस्तो शासनबाट मुक्त बनाउँछु, बनाउँछु । तपाईंहरू मलाई साथ दिनुस् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend