काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ । महाधिवेशन सुरु भएसँगै अब कस्तो नेतृत्व आउँछ भन्ने चासो देखिएको छ ।
अहिलेसम्म कांग्रेसमा पाँचजना सभापतिका उम्मेदवारको चर्चा छ । जसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र विमलेन्द्र निधि चर्चामा छन् । महाधिवेशन प्रतिनिधिहरू पनि यीमध्ये कसलाई सभापति निर्वाचित गराउने भन्ने छनोटमा लागेका छन् ।
यसैक्रममा इलाम क्षेत्र नम्बर १ बाट कांग्रेस महाधिवेशनमा निर्वाचित दुर्गा सुवेदी फेरि पनि सभापतिमा देउवाकै आवश्यकता रहेको बताउँछन् । खसआर्य समूहबाट उम्मेदवारी दिएका सुवेदी १९२ मत प्राप्त गरेर प्रतिनिधिमा निर्वाचित भएका हुन् । देउवाले मात्र कांग्रेसलाई सबल र सक्षम बनाउने, आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सक्ने क्षमता राख्न सक्ने सुवेदीको तर्क छ ।
२६ वर्षको उमेरमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेर इलाममा इतिहास बनाएका सुवेदी समकालीन नेताहरूमध्ये देउवा नै परिपक्व र सम्मानित भएको भन्दै आगामी दिनमा उनले कांग्रेसलाई बलियो र एकढिक्का राख्न सक्ने बताउँछन् । हिजो केपी ओलीको निरंकुश सत्ता ढाल्न कांग्रेसका शीर्ष नेताहरू मात्र होइन, देशका बुद्धिजीवी, पूर्वप्रधानन्यायाधीश, कानुन व्यवसायी, कर्मचारी, प्राध्यापक वर्ग, विभिन्न दललेदेउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । देउवाले कांग्रेसको महाधिवेशन आइरहेको छ, म प्रधानमन्त्री बन्दिनँ भन्दा उनले धर पाएनन् । त्यसैले अहिले देउवा निर्विकल्प नेता भएको सुवेदी बताउँछन् । कांग्रेसको १४औं महाधिवेशनमा देउवालाई फेरि जिताएर उनले गर्न बाँकी अधुरा काम पूरा गर्न दिनुपर्ने सुवेदीले बताए ।
प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा सबैभन्दा बढी शासकीय अनुभव बटुलेको, प्रजातन्त्रका लागि निरन्तर लडेको मुलुकको पाको राजनीतिज्ञ हुन् । उनी कांग्रेसको नेता वा सभापति मात्र होइन । सिंगो मुलुकको अभिभावक हो । सबै दलहरूले मानेको र विश्वास गरेको साझा व्यक्तित्व हो ।
यतिबेला कांग्रेसको अगुवाइ अनि सभापति उवाको नेतृत्वलाई पाँच दलले मात्र होइन, सिंगो मुलुकले स्वीकार गरेको छ । कांग्रेसका लागि यो विशिष्ट अवसर हो । पाँच दलले स्वीकारेको र सिंगो मुलुकले मञ्जुर गरेको नेतृत्वको विकल्प खोज्नुपर्ने आवश्यकता यतिबेला त्यति सहज र सान्दर्भिक देखिँदैन ।
सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए।उनकै पालामा नेपालमा नयाँ संविधान लागू भएपछिको पहिलो आमनिर्वाचन सम्पन्न भएको थियो।आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए। २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। त्यसपछि उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने। पञ्चायतविरोधी राजनीति गर्दा देउवामा पटक पटक जेल परेका थिए।
आफ्नो गृहजिल्ला डडेल्धुरा जाँदा भारतको बाटो भएर जानुपर्ने बाध्यतालाई देउवाले प्रधानमन्त्री बन्नेवित्तिकै कर्णालीमा १८ वटा पुल बनाएर त्यो समस्या समाधान गरेका थिए । कांग्रेसले अंगीकार गरेको समावेशी समानुपातिकको नारा देउवाले नै अघि सारेको सुवेदीले बताए । पछि त्यो नारा संविधानले नै अंगीकार गरेको छ । महिला आयोग, दलित आयोग, कर्णाली विकास परियोजना यी सबैका सूत्राधार भएकाले पनि देउवाको नेतृत्व फेरि एकपटक आवश्यक रहेको उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।