काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
१४औं महाधिवेशनको मुखमा सभापति देउवाले बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका छन् ।
बैठकमा शुक्रवारदेखि सुरू हुने पार्टीको १४औं महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई आमन्त्रण गरिएको छ ।
कांग्रेसमा सहमहामन्त्री थप गर्नेबारे समेत बिहीवारको बैठकमा छलफल हुने नेताहरुले जनाएका छन् । नेता व्यवस्थापनका लागि कम्तीमा २ जना सहमहामन्त्री थप गर्नेबारे पार्टीभित्र अनौपचारिक छलफल भइरहेको छ ।
पार्टी विधानअनुसार ८ जना सहमहामन्त्री रहने व्यवस्था रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।