शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस सहमहामन्त्री बन्न यी ३३ नेता मैदानमा (नामसहित)

कांग्रेस सहमहामन्त्री बन्न यी ३३ नेता मैदानमा (नामसहित)

  • मिडिया डबली
  • बिहिवार, मंसिर २३ २०७८

  • 2.8K
    SHARES

  • कांग्रेस सहमहामन्त्री बन्न यी ३३ नेता मैदानमा (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दैछ ।

    विधानअनुसार कूल १६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी मनोनित हुने व्यवस्था विधानमा रहेको छ ।

    कांग्रेस महाधिवेशनलाई संघीय संरचना अनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्त्वपूर्ण रुपमा हेरिएको छ । कांग्रेस विधानमा १ निर्वाचित सभापति, २ जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टर अनुसार ८ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुने भएका छन् ।

    कांग्रेस विधानअनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्ने प्रावधान छ ।

    कांग्रेस विधानमा भएको व्यवस्थाअनुसार अब बन्ने केन्द्रीय कार्यसमितिमा सहमहामन्त्री ८ जना हुनेछन् । महिला महाधिवेशन प्रतिनिधि मध्येबाट १, आदिवासी जनजाति महाधिवेशन प्रतिनिधि मध्येबाट १, दलितबाट १, मधेशीबाट १, खसआर्यबाट १, थारुबाट १, मुस्लिमबाट १ र पिछडिएको क्षेत्रबाट १ जना गरी कांग्रेस केन्द्रीय कार्यसमितिमा ८ जना सहमहामन्त्रीको व्यवस्था विधानमा रहेको छ ।

    संविधानले तोकेका यी विभिन्न क्लस्टरअनुसार कांग्रेस सहमहामन्त्रीका लागि हालसम्म ३३ जनाले आकांक्षा व्यक्त गरेका छन् ।

    सहमहामन्त्रीमा इच्छा राख्नेमा महिला कोटातर्फ कांग्रेसको संस्थापन समूहतर्फबाट चित्रलेखा यादव, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय ‘डीना’ छन् । संस्थापन इतर समूहबाट सरिता प्रसाईं र कमला पन्तको इच्छा देखिएको छ ।

    आदिवासी जनजातितर्फ एक पदका लागि संस्थापन पक्षबाट सीता गुरुङ र भीष्मराज आङ्दम्बेले इच्छा देखाएका छन् भने संस्थापन इतर पक्षबाट धनराज गुरुङ र विकास लामा अघि बढेका छन् ।

    दलिततर्फ एक पदमा संस्थापन समूहबाट मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा तथा इतरबाट जीवन परियार आकांक्षी छन् ।

    मधेशी तर्फबाट संस्थापनबाट जीतेन्द्र देव, अजय चौरासिया र महेन्द्र यादव तथा इतरबाट रञ्जित कर्ण र रामकृष्ण यादवको चर्चा रहेको छ । यसअघि चर्चामा रहेका अमरेशकुमार सिंह सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा नै पराजित भएका छन् ।

    खसआर्यतर्फ एक सहमहामन्त्री पदका लागि संस्थापन पक्षबाट रमेश रिजाल, मोहनबहादुर बस्नेत, किशोर सिंह राठौरले लबिङ थालेका छन् भने इतर पक्षबाट दिलेन्द्रप्रसाद बडू र दीपक गिरीको चर्चा रहेको छ । बडु हाल सरकारमा कानूनमन्त्री समेत छन् । शिवप्रसाद हुमागाईंले समेत दाबी गरिरहेका छन् । उनी कांग्रेसभित्र कृष्णप्रसाद सिटौला पक्षमा रहेका छन् ।

    थारु तर्फबाट एक सहमहामन्त्री पदका लागि संस्थापन समूहबाट योगेन्द्र चौधरी र रामजनम चौधरी तथा संस्थापनइतर तर्फबाट उमाकान्त चौधरी र तेजुलाल चौधरीको चर्चा रहेको छ । उमाकान्त कृष्णप्रसाद सिटौलानिकट हुन् । उनी हाल सरकारमा खानेपानी मन्त्री रहेका छन् ।

    मुस्लिम कोटातर्फबाट संस्थापन पक्षबाट फरमुल्लाह मन्सुर अघि बढेका छन् भने संस्थापन पक्षमा नै रहेका अतहर कमाल मुसलमानलाई इतर पक्षले उम्मेदवार बनाउन चाहेको जनाइएको छ ।

    पिछडिएको क्षेत्रबाट एक पदका लागि संस्थापन पक्षबाट जीवनबहादुर शाही अघि बढेका छन् भने इतर पक्षबाट बद्री पाण्डेले उम्मेदवारी घोषणा गरिसकेका छन् । शाही भने हाल कर्णाली प्रदेशको मुख्यमन्त्री रहेका छन् ।

    कांग्रेसको संस्थापन र इतर दुवै समूहले कसलाई कुन पदमा उम्मेदवार बनाउने भन्ने तय गरिसकेको छैन । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend