काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षका ९ नेतालाई विशेष जिम्मेवारी दिइएको छ ।
संस्थापन पक्षबाट विभिन्न पदमा आकांक्षी रहेका नेताहरुलाई व्यवस्थापन गर्न देउवा पक्षको भेलाले ९ नेतालाई जिम्मेवारी दिएको छ ।
बुधबार भएको संस्थापन पक्षको बैठकले ७ प्रदेशमा संस्थापन पक्षबाट साझा उम्मेदवार तय गर्ने जिम्मेवारी तोकिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट एनपी साउँद र रमेश लेखक, कर्णालीबाट पूर्णबहादुर खड्का र जीवनबहादुर शाही, लुम्बिनीबाट बालकृष्ण खाँण, गण्डकीबाट गोपालमान श्रेष्ठ, बागमती प्रदेशबाट प्रकाशशरण महत, २ नम्बर प्रदेशबाट रमेश रिजाल तथा १ नम्बर प्रदेशबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।