आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बागमती प्रदेश सभापतिको चुनाव सकियो, इन्द्र बानियाँ ढुक्क 

बागमती प्रदेश सभापतिको चुनाव सकियो, इन्द्र बानियाँ ढुक्क 

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 9.4K
    SHARES

  • बागमती प्रदेश सभापतिको चुनाव सकियो, इन्द्र बानियाँ ढुक्क 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका लागि भएको दोस्रो चरणको मतदान आईतबार साँझ सकिएको छ । 

    हेटौंडामा आईतवार साढे १ बजेबाट सुरू भएको मतदान साँझ साढे ५ बजे सकिएको हो ।

    बागमती प्रदेशमा २ हजार २५ मत खसेको छ भने अब १ घण्टापछि मतगणना सुरू हुने भएको छ ।

    हिजो शनिवार भएको मतदानमा ३ जनाबीच प्रतिस्पर्धा हुँदा कुनै पनि उम्मेदवारले ५१ प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको मतदान भएको हो ।

    पहिला चरणको चुनावमा सभापति शेरबहादुर देउवा पक्षका ईन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसी र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका भीमसेनदास प्रधानबीच भिडन्त भएको थियो ।

    तेस्रो भएर प्रतिस्पर्धाबाट बाहिरिएका प्रधानले पहिलो भएका बानियाँलाई दोस्रो चरणको चुनावमा समर्थन गरेका छन् । प्रधानको समर्थन पाएपछि सहजै चुनाव जित्नेमा बानियाँ ढुक्क रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend