शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा यी उम्मेदवारबीच टक्कर : आज उम्मेदवारी दर्ता, भोलि चुनाव

कांग्रेसमा यी उम्मेदवारबीच टक्कर : आज उम्मेदवारी दर्ता, भोलि चुनाव

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १७ २०७८

  • 4.5K
    SHARES

  • कांग्रेसमा यी उम्मेदवारबीच टक्कर : आज उम्मेदवारी दर्ता, भोलि चुनाव

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले सातै प्रदेशहरूमा आज सभापति लगायत उम्मेदवारको उम्मेदवारी दर्ता गर्दैछ ।

    बिहीवार सभापति शेरबहादुर देउवाले भर्चुअल रुपमा प्रदेशका अधिवेशन उद्घाटन गरिसकेका छन् । तर १ नम्बर प्रदेशमा बिहीवार उद्घाटन सत्र हुन सकेन ।

    पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले शुक्रबार बिहान उद्घाटन सत्र र बिहान ९ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको जानकारी दिए ।

    प्रदेश अधिवेशनमा सातै प्रदेशमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका प्यानलबीच प्रतिस्पर्धा हुनेछ । 

    १ नम्बर प्रदेशमा पूर्व महामन्त्री सिटौला पक्षका उम्मेदवार उद्धव थापालाई देउवा पक्षले समर्थन गर्ने भएको छ । प्रदेशमा पौडेल पक्षबाट केन्द्रीय सदस्य समेत रहेका गुरुराज घिमिरे प्रदेश सभापतिका लागि मैदानमा उत्रिएका छन् ।

    २ नम्बर प्रदेशमा प्रदेशसभा संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार राय, सप्तरीका जिल्ला सभापति दिनेशकुमार यादव र रौतहटका सभापति कृष्णा यादवले सभापति पदमा दाबी गरेका छन् ।

    बागमती प्रदेशमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सभापति देउवा पक्षबाट संसदीय दलका नेता समेत रहेका मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी र पूर्व महामन्त्री सिटौला पक्षबाट भीमसेनदास प्रधान सभापतिका लागि मैदानमा आएका छन् ।

    गण्डकी प्रदेशमा सभापति पदमा देउवा पक्षले अर्जुन जोशीलाई सभापति पदमा उम्मेदवार बनाएको छ भने पौडेल पक्षले शुक्रराज शर्मालाई सभापति पदमा अगाडि बढाएको छ ।

    लुम्बिनी प्रदेशको सभापति पदमा देउवा पक्षबाट सांसद भरत शाह र पौडेल पक्षबाट रोल्पाका निवर्तमान सभापति अमरसिंह पुन मगरबीच प्रतिस्पर्धा हुँदैछ ।

    कर्णालीमा देउवा पक्षबाट ललितजंग शाही र पौडेल पक्षबाट भूपेन्द्रजंग शाहीबीच प्रदेश सभापतिका लागि प्रतिस्पर्धा हुने भएको छ ।

    सुदूरपश्चिम प्रदेशमा धेरै आकांक्षी देखिएका छन् । सुदूरपश्चिममा देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, अर्जुन सिंह लगायतको नाम चर्चामा रहेको छ भने पौडेल पक्षबाट भरत खड्का र कमल शाह प्रदेश सभापति पदका आकांक्षी देखिएका छन् ।

    कांग्रेसको प्रदेश कार्यसमितिमा १ सभापति, २ उपसभापति, २ महामन्त्री र १ महिलासहित ३ सहमहामन्त्री तथा सदस्यका लागि चुनाव हुनेछ भने कोषाध्यक्ष पद मनोनित हुन्छ ।

    अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसद प्रदेश अधिवेशनका मतदाता रहने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend