शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

अब कांग्रेसका सबै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय, महाधिवेशनतिर तात्यो निर्वाचन

अब कांग्रेसका सबै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय, महाधिवेशनतिर तात्यो निर्वाचन

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 2.7K
    SHARES

  • अब कांग्रेसका सबै जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय, महाधिवेशनतिर तात्यो निर्वाचन

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले आज बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बिहीबार बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन महाधिवेशनपश्चात् निर्वाचन समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार गर्ने निर्णय गरेको छ ।

    कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको गरेको समिति सचिव जगन्नाथ श्रेष्ठले बताएका छन् ।

    पार्टीको क्रियाशील सदस्यता लगायत विवादका कारण सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, नवलपुर (बर्दघाट सुस्तापूर्व), बाँके, अछाम, कैलाली, तथा २ नम्बर प्रदेशका ८ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा कांग्रेसको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

    कांग्रेसले महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको जानकारी दिएको छ । 

    देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न भइसकेको छ । कांग्रेसले बिहीबारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ ।

    प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्दैछन् ।

    १ नम्बर प्रदेशको अधिवेशन विराटनगरमा, २ नम्बर प्रदेशको अधिवेशन जनकपुरमा, बागमती प्रदेशको अधिवेशन हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको अधिवेशन भैरहवामा, कर्णाली प्रदेशको अधिवेशन सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने जनाइएको छ ।

    कांग्रेसले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको छ । प्रदेश अधिवेशनले ७ वटै प्रदेशमा प्रदेश समिति चयन गर्नेछ । 

    निर्वाचन समितिले प्रकाशन गरेको प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका मंसिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मंसिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मंसिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    मंसिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर १८ गते बिहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले बताएका छन् । 

    पार्टीको १४औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend