शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

आजदेखि सातै प्रदेशमा कांग्रेसको प्रदेश अधिवेशन, सभापति देउवाले उद्घाटन गर्ने

आजदेखि सातै प्रदेशमा कांग्रेसको प्रदेश अधिवेशन, सभापति देउवाले उद्घाटन गर्ने

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 2.9K
    SHARES

  • आजदेखि सातै प्रदेशमा कांग्रेसको प्रदेश अधिवेशन, सभापति देउवाले उद्घाटन गर्ने

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज बिहीवार ७ वटै प्रदेशमा प्रदेश अधिवेशन उद्घाटन हुँदैछ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन हुने र शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । अधिवेशन अन्तर्गत पर्सि शनिवार निर्वाचन हुने कार्यतालिका छ ।

    प्रदेश अधिवेशनमा १६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउने भएका छन् ।

    कांग्रेसको प्रादेशिक अधिवेशन १ नम्बर प्रदेशको विराटनगर, २ नम्बर प्रदेशको जनकपुरधाम, बागमतीको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा आयोजना हुँदैछ ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे प्रदेश अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend