शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसको प्रदेश सभापतिमा यी ३ उम्मेदवारबीच टक्कर

कांग्रेसको प्रदेश सभापतिमा यी ३ उम्मेदवारबीच टक्कर

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 6.0K
    SHARES

  • कांग्रेसको प्रदेश सभापतिमा यी ३ उम्मेदवारबीच टक्कर

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको बागमती प्रदेश अधिवेशनमा ३ नेताबीच टक्कर हुने देखिएको छ । 

    बागमती प्रदेश सभापतिका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट छुट्टाछुट्टै उम्मेदवार मैदानमा उत्रिने भएका छन् ।

    सभापति देउवा पक्षका मकवानपुर सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ प्रदेश सभापतिमा भिड्ने भएका छन् ।

    नेता पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी प्रदेश सभापतिका उम्मेदवार हुने भएका छन् ।

    पूर्व महामन्त्री सिटौला पक्षबाट भीमसेनदास प्रधान प्रदेश सभापतिका उम्मेदवार बन्ने भएका छन् । तीनै जना उम्मेदवारले प्यानलसहित नै उम्मेदवारी दर्ता गर्ने जनाइएको छ ।

    बिहीबार प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलि शुक्रवार उम्मेदवारको मनोनयन गरिने छ । नेता प्रधान र बानियाँले उम्मेदवारी घोषणा गरिसकेका छन् भने पौडेल पक्षले केसीलाई उम्मेदवार बनाउने निर्णय बिहीवार साँझ गरेको छ ।

    कांग्रेसको प्रदेश कार्यसमितिमा १ सभापति, २ उपसभापति, २ महामन्त्री र १ महिलासहित ३ सहमहामन्त्री र सदस्यहरु रहन्छन् । मंसिर १८ गते कार्यसमितिको चुनाव हुने भएको छ । 

    प्रदेश अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता रहने गरेका छन् ।

    कांग्रेसमा प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत अनिवार्य हासिल गर्नुपर्ने प्रावधान छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएमा पुनः मतदान गर्नुपर्ने व्यवस्था रहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend