काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत क्रियाशील सदस्यता वितरणदेखि देखिएको विवादलाई चिर्दै पेम्वाछिरिङ तामाङ रसुवाको जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।
दोस्रो कार्यकालका लागि सभापति निर्वाचित तामाङ सभापति शेरबहादुर देउवा पक्षका मानिन्छन् ।
रसुवा जिल्लामा प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन सोमवारदेखि एकैसाथ सुरु भएको हो । सभापति तामाङ यसअघि समेत रसुवा कांग्रेसको जिल्ला सभापति रहेका थिए।
जिल्ला कार्यसमिति उपसभापति पदमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ निर्वाचित भएका छन् भने सचिव पदमा उत्तम थापा र लक्ष्मण देवकोटा निर्वाचित भएका छन् ।
कार्यसमिति सहसचिव पदमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत निर्वाचित भएका जनाइएको छ ।
अधिवेशनबाट २६ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत चयन गरिएका छन् ।
रसुवा जिल्लामा वडा अधिवेशनपछि अन्य अधिवेशन स्थगित भएका थिए । कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाट नयाँ निर्वाचन अधिकृत पठाएपछि अधिवेशन अगाडि बढेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।