काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनबाट भक्तपुर पार्टी सभापति पदमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् ।
यसअघि समेत थापा नै जिल्ला सभापति रहेका थिए । १३औं महाधिवेशनमा समेत थापा नै जिल्ला सभापतिमा विजयी भएका थिए ।
अन्तरिम मतपरिणाम अनुसार निर्वाचित थापाले ५५५ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी अष्टकुमार कवेंले ४४२ मत पाएका छन् । अघिल्लोपटक समेत थापा र कवेंले नै सभापति पदमा चुनाव लडेका थिए ।
जिल्ला कार्यसमिति उपसभापति पदमा थापा प्यानलकै विजेश अवाल र उर्मिला वन विजयी भएका छन् । सचिव पदमा सुशील बस्नेत र राजेश खड्का विजयी भएका जनाइएको छ ।
कार्यसमिति सहसचिव पदमा सभापति थापा पक्षकै यादवप्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।