काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उदयपुरको जिल्ला सभापति पदमा १ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की निर्वाचित भएका छन् ।
मत परिणामअनुसार कार्कीले १७८ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गरेका छन् । कार्की सभापति शेरबहादुर देउवापक्षीय मानिन्छन् ।
सभापति कार्कीले ७६७ मत पाउँदा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय प्रतिस्पर्धी विदुर बस्नेतले ५८९ मत मात्रै पाएका छन् ।
उदयपुर जिल्ला कार्यसमितिमा संस्थापन पक्षले २ सदस्यबाहेक सबैमा कब्जा जमाएको छ ।
जिल्ला कार्यसमितिको उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ विजयी भएका छन् । सचिव पदमा मुरारी खड्का तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।