काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अधिवेशनलाई निर्वाचन समितिले सदर गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव जगन्नाथ श्रेष्ठले सोमबार अनसनरत पक्षसँग भएको छलफलपछि अधिवेशनलाई सदर गर्ने निर्णय भएको जानकारी दिए ।
यसअघि डडेल्धुरामा सभापति देउवाविरुद्ध षड्यन्त्र गर्दै केही व्यक्तिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना गरिरहेका थिए । तर समितिले अधिवेशनलाई मान्यता दिएपछि देउवाविरुद्धको षड्यन्त्र असफल भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।