काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नुवाकोट जिल्लामा भएको अधिवेशनबाट जिल्ला सभापति पदमा रमेश महत विजयी भएका छन् ।
निर्वाचित महतले डा. केदारनरसिंह केसीलाई १० मतले पराजित गरेका छन् ।
निर्वाचित महतले ८३३ ल्याउँदा पराजित केसीले ८२३ मत मात्रै पाएका जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ ।
नवनिर्वाचित सभापति महत कांग्रेस नेता डा. रामशरण महतका भतिजा रहेका छन् भने पराजित केसी अर्जुननरसिंह केसीका भाइ रहेका छन् ।
विजयी उम्मेदवार महतलाई सभापति शेरबहादुर देउवा पक्षको समर्थन रहेको थियो । नुवाकोटमा लामो समयदेखि केसी र महत परिवारबीच राजनीतिक लडाइँ रहँदै आएको छ ।
महत १३औं महाधिवेशनमा जिल्ला सभापतिमा कांग्रेस नेता अर्जुननरसिंह केसीका भाइ जगदीश्वर नरसिंह केसीसँग चुनाव हारेका थिए । १४औं महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव हारेका केदार अर्जुनका भाइ र जगदिश्वरका दाइ रहेका छन् । यसअघि नुवाकोट कांग्रेसको नेतृत्वमा केसी दाजुभाइ रहँदै आएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।