शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस चुनाव : यी हुन् केन्द्रीय सभापतिका १० र महामन्त्रीका ८ उम्मेदवार, कडा टक्कर

कांग्रेस चुनाव : यी हुन् केन्द्रीय सभापतिका १० र महामन्त्रीका ८ उम्मेदवार, कडा टक्कर

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १० २०७८

  • 4.3K
    SHARES

  • कांग्रेस चुनाव : यी हुन् केन्द्रीय सभापतिका १० र महामन्त्रीका ८ उम्मेदवार, कडा टक्कर

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट रहेको छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गरिरहेको छ ।

    कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा हालसम्म ८ जनाले उम्मेदवार बन्ने तयारी गरिरहेका छन् ।

    कांग्रेस विधानमा २ जना महामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ । सो २ पदका लागि पार्टीभित्रका फरक–फरक गुटबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

    महामन्त्री पदमा कांग्रेसको हालको संस्थापन समूह अर्थात् सभापति शेरबहादुर देउवानिकट समूहबाट बालकृष्ण खाँण, एनपी साउँद, रमेश लेखक, डा. प्रकाशरण महत र विश्वप्रकाश शर्मा भिड्ने तयारीमा रहेका छन् ।

    खाँण हाल सरकारमा गृहमन्त्री रहेका छन् भने शर्मा कांग्रेस प्रवक्ता रहेका छन् । देउवाले आफ्नो टीममा यी नाममध्ये २ जना छान्ने सम्भावना रहन्छ तर कसलाई छान्नेछन् भन्ने यकिन भएको छैन । 

    संस्थापनइतर समूहबाट डा. मिनेन्द्र रिजाल, गगन थापा, प्रदीप पौडेलले महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

    रिजाल संस्थापनइतर समूहअन्तर्गत वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालानिकट मानिन्छन् । उनी हाल सरकारमा रक्षामन्त्री छन् । थापा र पौडेल नेता कृष्णप्रसाद सिटौला समूहसँग निकट मानिन्छन् ।

    अन्तिम समयसम्म आकांक्षी अझै बढ्ने सम्भावना पनि छ । नेता थापाले आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा भदौ ३० गते आयोजित एक कार्यक्रममा महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् ।

    शर्माले संस्थापक नेता बीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    नेता पौडेलले आफ्नै निर्वाचन क्षेत्र तनहुँ २ को शुक्लागण्डकी नगरपालिका–८ मा आयोजित एक कार्यक्रममा केही समयअघि उम्मेदवारी घोषणा गरेका छन् । महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेता पौडेलले कांग्रेसको संठन विस्तारसँगै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसको कार्य क्षमतालाई थप सशक्त बनाउने लक्ष्य आफूले राखेको बताएका छन् ।

    ‘कांग्रेसको संठनलाई निर्वाचनमुखी बनाउनु छ, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कांग्रेसको आन्तरिक र बाह्य कार्य क्षमतालाई थप सशक्त बनाउने उद्देश्य लिएर म महामन्त्रीका लागि अघि बढेको छु,’ पौडेलले भने । नेता थापा भने सभापतिमा देउवाइतर समूहलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन् । उनले तेस्रो धारको नेतृत्व गरिरहेका पूर्व महामन्त्री सिटौलालाई पनि सोही समूहमा ल्याउन आफू प्रयास रहेको बताएका छन् ।

    संस्थापन समूहबाट देउवा आफैं सभापतिमा भिड्दै छन् । सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले पनि सभापतिमा उठ्ने घोषणा गरेका छन् । यसैगरी, संस्थापनइतर समूहबाट वरिष्ठ नेता पौडेल, नेता सिटौला, महामन्त्री डा. कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेत्री सुजाता कोइराला र युवा नेता कल्याण गुरुङले सभापतिमा आकांक्षी रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend