शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कास्की कांग्रेसमा ५ जनाको उम्मेदवारी दर्ता, यसरी हुँदैछ देउवा पक्षको कब्जा !

कास्की कांग्रेसमा ५ जनाको उम्मेदवारी दर्ता, यसरी हुँदैछ देउवा पक्षको कब्जा !

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 5.6K
    SHARES

  • कास्की कांग्रेसमा ५ जनाको उम्मेदवारी दर्ता, यसरी हुँदैछ देउवा पक्षको कब्जा !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं अधिवेशन अन्तर्गत कास्की जिल्लाको अधिवेशनका लागि बिहीवार उम्मेदवारी दर्ता गरिएको छ ।

    जिल्ला सभापति पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता आरसी विमल पौडेलले बताएका छन् ।

    सभापति पदमा आइबहादुर गुरुङ, सुदीपमोहन भट्टराई, किशोरदत्त बराल, पोषनाथ शर्मा र गिरीराज गौतमले उम्मेदवारी दर्ता गरेका छन् ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बाहुल्यता रहेको मानिएको कास्कीमा सभापति पदका लागि सभापति शेरबहादुर देउवा पक्षले एउटै प्यानल बनाएको छ भने पौडेल पक्षका ४ वटा प्यानल रहेका छन् । पौडेल पक्षका नेताहरूबीच सहमति हुन नसकेपछि ४ वटा प्यानल बन्न पुगेपछि देउवा पक्षले कास्कीमा कब्जा गर्ने विश्लेषण भइरहेको छ ।

    देउवा पक्षका सभापतिका उम्मेदवार किशोरदत्त बरालको प्यानलबाट उपसभापतिमा हरिप्रसाद शर्मा लामिछाने र लेखबहादुर गुरुङ, सचिवमा भरतप्रसाद तिवारी र अमृतकुमार श्रेष्ठ, सहसचिवमा विकास थापा र कृष्णमान ठुसाजु उम्मेदवार रहेका छन् ।

    सभापति पदमा उम्मेदवारी दिएपछि देउवा पक्षका उम्मेदवार बरालले पत्रकार भेटघाटमार्फत कांग्रेसको रूपान्तरणका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

    नेपाल शिक्षक संघका पूर्व केन्द्रीय अध्यक्ष रहेका बरालले नेपाली कांग्रेस रूपान्तरणका सूत्रहरू भाग–१ पुस्तकका लेखक छन् । आफूले पुस्तकमा लेखेका एजेण्डा व्यवहारमा उतार्न सभापतिको उम्मेदवार बनेको बताएका छन् ।

    कांग्रेसका पूर्णकालीन कार्यकर्ता उत्पादनमा लाग्नुपर्ने भन्दै बरालले अब उद्यमशील कार्यकर्ताको अवधारणा ल्याउनुपर्ने बताएका छन् । बराल देउवा पक्षबाट एक्लै उम्मेदवार रहेका र पौडेल पक्षमा फुट रहेकाले देउवा पक्षले जित्ने विश्लेषण भइरहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend