शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा देउवा पक्ष चम्कियो, डा. रावल प्यानलले गर्‍यो प्रतिस्पर्धीलाई ‘क्लीन स्वीप’

कांग्रेसमा देउवा पक्ष चम्कियो, डा. रावल प्यानलले गर्‍यो प्रतिस्पर्धीलाई ‘क्लीन स्वीप’

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 5.7K
    SHARES

  • कांग्रेसमा देउवा पक्ष चम्कियो, डा. रावल प्यानलले गर्‍यो प्रतिस्पर्धीलाई ‘क्लीन स्वीप’

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेता डा. रणबहादुर रावल प्यानलले प्रतिस्पर्धी पक्षलाई आन्तरिक चुनावमा ‘क्लीन स्वीप’ गरेको छ ।

    पार्टीको १४औं महाधिवेशन अन्तर्गत भएको कैलालीको १ नम्बर निर्वाचन क्षेत्रको अधिवेशनमा रावल पक्षले एकलौटी जीत निकालेको छ ।

    सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत रहेका रावल पक्षले महाधिवेशन प्रतिनिधिमा समेत जितेको छ ।

    डा. रावलको पक्षले प्यानल बनाएको १ नम्बर क्षेत्रको सभापति पदमा प्रकाश शाहले जितेका छन् । क्षेत्रीय कार्यसमितिदेखि महाधिवेशन प्रतिनिधिसम्म सबै रावल पक्षकै उम्मेदवारले जितेका छन् ।

    सभापति पदमा निर्वाचित शाहले ३५९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी भुवनेश्वर अधिकारीले २०० मत मात्र पाएका छन् । पराजित अधिकारी निवर्तमान क्षेत्रीय सभापति समेत हुन् ।

    क्षेत्रीय कार्यसमितिको सचिवमा धनञ्जय रिमाल र लौटन चौधरी विजयी भएका छन् भने सहसचिवमा हरिकुमार कार्की र गौतम महतो विजयी भएका छन् । कार्यसमिति सदस्यमा ईश्वरी चौधरी, कमल कार्की र मुक्तिनाथ रेग्मी, रामजानकी डगौरा, सोमतीकुमारी चौधरी, कामताप्रसाद महतो, कालिराम डगौरा, खडककुमारी सिंह, तपेन्द्र कुँवर, वीरेन्द्र रावल, सन्तोष पौडेल, कान्ति शर्मा भट्टराई, देवबहादुर सुनार, कमलप्रसाद कठरिया, विष्णुप्रसाद डगौरा र प्रकाश बम विजयी भएका छन् । उनीहरु सबै देउवा पक्षकै हुन् ।

    केन्द्रीय राजनीतिमा विशेष मानिएको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा समेत देउवा पक्षकै एकलौटी वर्चस्व देखिएको छ । देउवाइतर पक्षको ईश्वरी न्यौपाने पक्षका टीकापुरका हस्तीहरू पूर्व सांसद गंगाबहादुर कुँवर, टीकापुर विकास समितिका पूर्व अध्यक्ष फकिरसिंह कडायत, साविक धनसिंहपुर गाविसका अध्यक्ष जंगबहादुर साउँद, प्रदेश सांसद उमादेवी वादी, कांग्रेस नेता बुद्धिसागर चौधरी, वीरबहादुर हमाल, पूर्व सांसद सुशीला स्वाँर चुनावमा पराजित बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend