शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

सानदार मतसहित चुनाव जिते सभापति शेरबहादुर देउवा, यतिधेरै ल्याए भोट

सानदार मतसहित चुनाव जिते सभापति शेरबहादुर देउवा, यतिधेरै ल्याए भोट

  • मिडिया डबली
  • मंगलवार, मंसिर ७ २०७८

  • 6.2K
    SHARES

  • सानदार मतसहित चुनाव जिते सभापति शेरबहादुर देउवा, यतिधेरै ल्याए भोट

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि पदमा जीत निकालेका छन् ।

    सभापति देउवा गृहजिल्ला डडेल्धुरामा भएको जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

    सभापति देउवाले ७९१ मत पाएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए । निर्वाचनमा कूल १ हजार २८४ मतदाता रहेकोमा ८४६ मत खसेको हो । जसमध्ये देउवाले ७९१ मत पाएका छन् ।

    नेपाली कांग्रेसको विधानको धारा १५ को उपधारा १(ग) मा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख भए पनि देउवा डडेल्धुराबाट नै महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै आएका छन् ।

    महाधिवेशन प्रतिनिधि खुला तर्फबाट सभापति देउवासँगै गोविन्दराज बोहरा, जगतबहादुर ऐर, जनकराज कलौनी, तारकबहादुर बुढाएर, नवलबहादुर मल्ल, नरभान कामी, नैनसिंह महर, रघुवर भट्ट र सुरेशराज जोशी निर्वाचित भएका छन् ।

    यसअघि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा देउवापत्नी आरजु राणा देउवा सर्वसम्मत निर्वाचित भएकी थिइन् । खुला महिलाबाट राणासहित ४ जना महिला सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । जसमा आरजुसहित सरस्वती खड्का, कौशिला भट्ट र कलावतीदेवी बोहरा रहेका छन् । 

    महाधिवेशन प्रतिनिधि खसआर्य पुरुषतर्फ जनकराज चटौत, डम्बरराज जोशी, मिनबहादुर चन्द र सम्पन्नराज भट्ट चयन भएका छन् । महाधिवेशन प्रतिनिधि खसआर्य महिलामा कुमारी राजु भट्ट जोशी, पार्वतीदेवी झुकाल र मनकुमारी थापा चयन भएका छन् ।

    दलित महिला समावेशीतर्फ हरिनादेवी कामी र दलित पुरुष समावेशी महाधिवेशन प्रतिनिधिमा सन्तोष जैरु चयन भएका जनाइएको छ ।

    समावेशी जनजाति महाधिवेशन प्रतिनिधिमा बलबहादुर गुरुङ र समावेशी अपाङ्ग अल्पसंख्यकतर्फ जयप्रकाश भट्ट सर्वसम्मत निर्वाचित भएका निर्वाचन अधिकृत बमले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend