काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद जिल्ला सभापति बनेका छन् ।
सोमवार भएको सातौं जिल्ला अधिवेशनबाट साउँद सभापति निर्वाचित भएका हुन् ।
साउँदले ७३४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चुडामणि ठकुराठीले ७६ मत मात्रै ल्याए । कूल ८८४ मतदाता भएको डडेल्धुरामा ८३४ मत खसेको हो ।
सभापति देउवाविरुद्ध उत्रिएका केही नेता काठमाडौंमा आन्दोलन गरिरहेका बेला डडेल्धुरामा निर्वाचनबाटै जिल्ला सभापतिमा साउँद निर्वाचित भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।