काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय अधिवेशन भइरहेका बेला दाङ जिल्लाको क्षेत्र नम्बर १(ख) मा सभापति शेरबहादुर देउवा पक्षधर प्यानल नै विजयी भएको छ ।
चुनावबाट क्षेत्रीय सभापति पदमा दिनेश गिरी निर्वाचित भएका हुन् । उनी देउवा पक्षीय मानिन्छन् ।
उनले १२९ मतअन्तरले जीत हात पारेका छन् । गिरीले २१० मत प्राप्त गरेकोमा प्रतिस्पर्धी दिवाकर योगीले ८१ मत पाएका छन् ।
उपसभापति पदमा दामोदर पौडेलले २०४ र गोपाल नेपालीले २११ मत पाएका छन्, दुवै निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धी ओमकार यादवले ८४ र हिमराज डिसीले ७९ मत पाएका निर्वाचन अधिकृत रेशम गिरीले बताएका छन् ।
सचिव पदमा लालवीर खड्काले १८९ र मंगलप्रसाद चौधरीले २१८ मत पाएर विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धीहरु सुमित्रा विक ७६ र रामप्रसाद चौधरीले ९० मत पाएका छन् ।
सहसचिव पदमा कूलबहादुर बुढा मगरले २१४ र हूर्मतकुमार बोहराले १८७ मत पाएर निर्वाचित भएका छन् । उनीहरुका प्रतिस्पर्धी मानबहादुर यादवले ७८ र महेशकुमार चौधरीले ९० मत पाएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(ख) मा कांग्रेसका कूल ३१० मतदाता थिए । त्यसमध्ये ३०५ मत खसेकोमा ४ मत बदर भएको निर्वाचन अधिकृत गिरीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।