शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

शेरबहादुर देउवाविरुद्ध कांग्रेस मुख्यालय सानेपामै यस्तो षड्यन्त्र !

शेरबहादुर देउवाविरुद्ध कांग्रेस मुख्यालय सानेपामै यस्तो षड्यन्त्र !

  • मिडिया डबली
  • बुधवार, मंसिर १ २०७८

  • 3.5K
    SHARES

  • शेरबहादुर देउवाविरुद्ध कांग्रेस मुख्यालय सानेपामै यस्तो षड्यन्त्र !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पार्टी मुख्यालय सानेपामै षड्यन्त्र सुरु भएको छ ।

    देउवाको गृहजिल्ला डडेल्धुराका असन्तुष्ट कांग्रेस नेता तथा कार्यकर्ताले आज बुधवारदेखि सानेपास्थित पार्टी कार्यालयमा धर्ना सुरू गर्दै देउवाविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् ।

    वर्षाैंदेखि कांग्रेसले एकछत्र जित्दै आएको डडेल्धुरामा कांग्रेसलाई कमजोर बनाउने र शेरबहादुर देउवालाई चुनाव हराउने षड्यन्त्र अनुसार सानेपामै आएर धर्ना सुरू गरिएको कांग्रेस स्रोतले जनाएको छ । देउवाले पुनः सभापतिमा लड्ने तयारी गरिरहेका बेला माहोल बिगार्ने उद्देश्यले धर्ना सुरु भएको आरोप छ ।

    धर्ना बस्नेहरूले विधान विपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाए पनि निर्वाचन समितिले मान्यता दिएर वडा अधिवेशन समेत गरिसकेको छ ।

    कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्ण मल्लले डडेल्धुराका ५२ वडामध्ये ४३ वटा वडामा जिल्लाबाट स्वीकृत क्रियाशील सदस्यता नामावलीमा व्यापक हेरफेर भएको आरोप लगाउँदै आएका छन् ।

    जिल्ला सभापति मल्लसहित कार्यकर्ता धर्नामा बसेका छन् । मल्ल पछिल्लो समय देउवाबाट टाढिएका उपसभापति बिमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको पक्षमा अभिव्यक्ति दिँदै आएका छन् । कोइराला लगायत नेताहरू मल्लले आयोजना गरेको कार्यक्रममा सहभागी हुन केही हप्ताअघि डडेल्धुरा नै पुगेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend