शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस एक्लै चुनाव लड्ने, कसैसँग गठबन्धन नगर्ने सभापति देउवाको घोषणा

कांग्रेस एक्लै चुनाव लड्ने, कसैसँग गठबन्धन नगर्ने सभापति देउवाको घोषणा

  • मिडिया डबली
  • सोमवार, कार्तिक २९ २०७८

  • 3.9K
    SHARES

  • कांग्रेस एक्लै चुनाव लड्ने, कसैसँग गठबन्धन नगर्ने सभापति देउवाको घोषणा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेस एक्लै लड्ने जनाएका छन् ।

    आईतबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने घोषणा गरे ।

    सभापति देउवाले भने, ‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो ।’ चुनावमा तालमेल गर्ने कुनै सहमति नभएको पनि देउवाले स्पष्ट पारे ।

    प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र अर्थात् समन्वय समिति राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको बताए । सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा भएको पार्टी बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि देउवाले जवाफ दिएका छन् ।

    गत कात्तिक २२ गते बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोकत्वमा ११ सदस्यीय समन्वय समिति गठन गरेको थियो । कांग्रेसका केही नेताहरूले समितिको विरोध गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend