काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेदेखि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावसम्म गठबन्धन रहने र तालमेल हुने कुरा जोडतोडका साथ बताउँदै आएका छन् ।
एस पार्टी अध्यक्ष नेपालले त आफ्ना उम्मेदवारलाई कांग्रेसले जिताइदिनेसम्म बताउन भ्याएका छन् ? के साँच्चिकै चुनावी तालमेलबारे कांग्रेसले कुनै गोप्य सहमति गरेको छ ?
यसबारे सभापति देउवाले आईतबारको केन्द्रीय कमिटी बैठकमा भित्री रहस्य खोलेका छन् । देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको स्पष्ट पारे ।
बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका सवालको जवाफ दिने क्रममा सभापति देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको बताएका छन् ।
सभापति देउवाले आगामी चुनावमा कांग्रेस एक्लै लड्न सक्ने बताएका छन् । देउवाले बैठकमा भने, ‘कसैसँग पनि गठबन्धन हुन्न, एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।’
सभापति देउवाले गठबन्धन दलहरूबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्म मात्रै सक्रिय हुने समेत बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।