शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

यस्तो हुनेछ कांग्रेस महाधिवेशन कार्यक्रम : उम्मेदवारी दर्तादेखि मतपरिणाम घोषणासम्म

यस्तो हुनेछ कांग्रेस महाधिवेशन कार्यक्रम : उम्मेदवारी दर्तादेखि मतपरिणाम घोषणासम्म

  • मिडिया डबली
  • आइतवार, कार्तिक २८ २०७८

  • 5.2K
    SHARES

  • यस्तो हुनेछ कांग्रेस महाधिवेशन कार्यक्रम : उम्मेदवारी दर्तादेखि मतपरिणाम घोषणासम्म

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन कार्यक्रम सार्वजनिक गरिएको छ ।

    कांग्रेस महाधिवेशन कार्यक्रम मंसिर २१ गतेदेखि सुरू हुनेछ ।

    कांग्रेस निर्वाचन समितिले तयार पारेको कार्यक्रम अनुसार मंसिर २१ गते मतदाता नामावली अर्थात् महाधिवेशन प्रतिनिधिको सूची प्रकाशन गरिनेछ ।

    मंसिर २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिने जनाइएको छ । 

    मंसिर २३ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहने छ । मंसिर २४ गते महाधिवेशन उद्घाटन गरिने र २५ गते मतदान गरिने छ ।

    महाधिवेशन अन्तर्गत मंसिर २६ गते मतगणना गरिने र गणना सकिनेबित्तिकै मतपरिणाम सार्वजनिक हुनेछ । 

    कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कुनै जिल्लामा अधिवेशन हुन नसके पनि केन्द्रीय महाधिवेशन प्रभावित नहुने दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend