शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनबारे यस्तो निर्णय हुने

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनबारे यस्तो निर्णय हुने

  • मिडिया डबली
  • आइतवार, कार्तिक २८ २०७८

  • 2.9K
    SHARES

  • आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनबारे यस्तो निर्णय हुने

    काठमाडौं – १४औं महाधिवेशनबारे छलफल गर्न आज आईतबार दिउँसो नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । 

    आज आईतबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

    शनिवार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि विभिन्न एजेन्डा तय गरेको छ । ती एजेन्डा आज आईतबार केन्द्रीय कार्यसमितिमा पेश गर्ने तयारी रहेको छ ।

    पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४औं महाधिवेशन कार्यतालिका आईतबार केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गर्ने तयारी रहेको बताए ।

    महाधिवेशनमा भातृ संस्थाबाट हुने प्रतिनिधित्व र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधित्व लगायत विषयमा समेत केन्द्रीय कार्यसमितिमा छलफल हुने जनाइएको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अधिकांश भातृ संस्थाको लामो समयदेखि अधिवेशन नभएकाले प्रतिनिधित्व गर्न नहुने तर्क गरेको छ ।

    मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेण्डा पनि केन्द्रीय कार्यसमितिमा पेश गरिने जनाइएको छ । समसामयिक राजनीतिक घटनाक्रमबारे समेत केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend