काठमाडौं – सर्वाेच्च अदालतमा देखापरेको संकटलाई समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनुपर्ने तर्क प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिपेन्द्रप्रसाद बडूले गरेका छन् ।
प्रधानमन्त्री देउवाले न्यायपालिकाभित्र प्रवेश गर्न नहुने धारणा सार्वजनिक गरेका बेला सरकारका मन्त्रीले भने राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।
बिहीवार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीमाथि हस्तक्षेप भएपछि भेट्न पुगेका अधिवक्तासँग कानूनमन्त्री बडूले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।
मन्त्री बडूले प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा दिनुपर्ने बताउँदै राजीनामाबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसनिकट कानून व्यवसायी, सांसद, महान्यायाधिवक्ता तथा सर्वोच्च अदालत बारका पदाधिकारीसमक्ष कानूनमन्त्री बडू राणाको राजीनामा गराउने प्रतिबद्धता गरेका छन् ।
मन्त्री बडूले भनेका छन्, ‘अहिले संसदको अधिवेशन नभएकाले महाअभियोग लाग्दैन भनेर प्रधानन्यायाधीश ढुक्क बन्नुभएको हो भने त्यो गलत बुझाइ हुनेछ । म प्रधानमन्त्रीसँग पनि कुरा गर्छु, अब यसबारे सत्ता गठबन्धनको साझा धारणा नै आउँछ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।