शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसको केन्द्रीय सभापति बन्न मैदानमा यी १० नेता, गुटहरूभित्र उथलपुथल ! (नामसहित)

कांग्रेसको केन्द्रीय सभापति बन्न मैदानमा यी १० नेता, गुटहरूभित्र उथलपुथल ! (नामसहित)

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २६ २०७८

  • 3.8K
    SHARES

  • कांग्रेसको केन्द्रीय सभापति बन्न मैदानमा यी १० नेता, गुटहरूभित्र उथलपुथल ! (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको १ महिनापछि नयाँ नेतृत्व पाउने छ ।

    कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मंसिर २४–२६ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन तय गरिएको छ ।

    कांग्रेसभित्र केन्द्रीय नेतृत्वका लागि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता कृष्णप्रसाद सिटौला हुँदै युवा नेता कल्याण गुरुङसम्म अगाडि सरेका छन् ।

    सभापतिका लागि देउवाले नै नेतृत्व गर्दै आएको हालको संस्थापन समूहबाट मात्रै ३ जना आकांक्षी देखिएका छन् । देउवालाई हालका उपसभापति विमलेन्द्र निधिले चुनौती थपेका छन् भने नेता गोपालमान श्रेष्ठ समेत मैदानमा उत्रिने संकेत गरिरहेका छन् । ३ उम्मेदवार हुँदा कांग्रेसभित्रको संस्थापन समूहमा विभाजनको अवस्था देखिएको छ ।

    संस्थापनइतर गुटबाट वरिष्ठ नेता पौडेलसँगै हालका महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर केइराला र नेत्री सुजाता कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । पौडेल गुटभित्र समेत एकल उम्मेदवार बन्ने अवस्था छैन ।

    १३औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गर्दै आइरहेका नेता सिटौलाले समेत यस पटक आफू टीम बनाएरै मैदानमा उत्रिने घोषणा गरेका छन् ।

    सिटौलाले भने, ‘म पार्टी नेतृत्वका लागि टीमसहित मैदानमा होमिने तयारीमा छु ।’

    युवा नेता गुरुङले समेत पार्टीलाई नयाँ तरिकाबाट अघि बढाउन आवश्यक रहेको भन्दै पुरानो शैलीले अब पार्टी नचल्ने र सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

    महाधिवेशनमा होमिएको कांग्रेसको नेतृत्वका लागि सभापति देउवालाई आफ्नै समूहबाट अप्ठ्यारो पर्ने अवस्था बन्दै गइरहेको छ भने इतर गुटमा पनि एकले अर्कालाई स्वीकार्ने अवस्था देखिँदैन ।

    केही दिनअघि पूर्व महामन्त्री सिंहले देउवा र पौडेलबाट पार्टी नचल्ने र उनीहरुले पार्टीलाई नेतृत्व दिन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

    कांग्रेस उपसभापति निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहबीच मिलेर अघि बढ्ने विषयमा चरणवद्ध रुपमा आलोपालो गरी एकअर्काको निवासमा छलफल समेत हुँदै आएको छ । यसरी हेर्दा अबको महाधिवेशनमा कांग्रेसभित्रको पुराना गुट भत्कने र नयाँ समूहबीचमा समीकरण बन्ने अवस्था देखिँदै गएको छ ।

    कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ भने १३ जिल्लामा जिल्ला तहको नेतृत्व समेत छानेको छ । बाँकी १३ जिल्लाको वडा अधिवेशन कांग्रेसले भोलि शनिवार गर्दैछ ।

    कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा स्थापित हुन शक्ति संघर्षसहित उम्मेदवारहरु मैदानमा रहेका छन् ।

    कांग्रेसको गत १३औं महाधिवेशनमा देउवा, पौडेल र सिटौलाबीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नेतृत्व चयन नभएपछि सिटौला बाहिरिएका थिए भने दोस्रो चरणमा सिटौलाले देउवालाई साथ दिएपछि देउवा पौडेललाई हराउँदै सभापति बनेका थिए । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend