काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न ३ प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख परिवर्तन गरेको हो ।
देउवा सरकारले १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
यसअघि १ नम्बर प्रदेशमा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका थिए । नयाँ प्रदेश प्रमुखहरूमध्ये खापुङ जसपा, परियार नेकपा माओवादी र जोशी नेपाली कांग्रेसनिकट रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।