काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नेपालीलाई लगाउन १ करोड मात्रा कोरोना खोप खरिद गर्ने भएको छ ।
सोमवार मन्त्रिपरिषद् बैठकले खोप खरिद गर्ने निर्णय गरेको हो ।
मोडर्ना र फाइजर खोप खरिद गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । खोप बालबालिकालाई समेत लगाउन मिल्ने भएकाले खरिद गर्न लागिएको छ ।
करीब ६० लाख फाइजर र ४० लाख मोडर्ना खोप खरिद गर्न लागिएको मन्त्रालयले जनाएको छ । १२ वर्षभन्दा माथिका बालबालिकालाई लगाउन खोप खरिद गर्न लागिएको हो ।
देउवा सरकारले आगामी चैतभित्र सबै नागरिकलाई कोरोनाविरुद्ध खोप लगाइसक्ने जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्ध खोप लगाउने कार्य सरकारको प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।