शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा संघर्ष : केन्द्रीय कार्यालयमा ४ महिनादेखि निरन्तर धर्ना 

कांग्रेसमा संघर्ष : केन्द्रीय कार्यालयमा ४ महिनादेखि निरन्तर धर्ना 

  • मिडिया डबली
  • आइतवार, कार्तिक २१ २०७८

  • 4.2K
    SHARES

  • कांग्रेसमा संघर्ष : केन्द्रीय कार्यालयमा ४ महिनादेखि निरन्तर धर्ना 

    काठमाडौं – क्रियाशील सदस्यता विवाद समाधान हुन नसकेपछि नेपाली कांग्रेस रौतहटका नेता कार्यकर्ता झण्डै ४ महिनादेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा निरन्तर धर्ना दिइरहेका छन् । 

    धाँधलीपूर्ण रुपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् ।

    १०७ दिनदेखि धर्नामा बसेका कार्यकर्ताले आफूहरुको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् ।

    कांग्रेसले मंसिर २४–२७ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।

    कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा आगामी २७ गतेदेखि अधिवेशन प्रक्रिया सुरू हुने गरी तोकिएको छ । कांग्रेसले विवादकै कारण रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक हुन सकेको छैन ।

    यसबाहेक बाँकी जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढेको छ । क्रियाशील सदस्यता विवाद कायमै रहेकाले रौतहट र रसुवाको अधिवेशन प्रक्रिया अन्योलमा रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend