शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रधानमन्त्री देउवा नै फेरि कांग्रेस सभापति बन्ने ! यस्तो छ भित्री हिसाबकिताब

प्रधानमन्त्री देउवा नै फेरि कांग्रेस सभापति बन्ने ! यस्तो छ भित्री हिसाबकिताब

  • मिडिया डबली
  • आइतवार, कार्तिक २१ २०७८

  • 7.8K
    SHARES

  • प्रधानमन्त्री देउवा नै फेरि कांग्रेस सभापति बन्ने ! यस्तो छ भित्री हिसाबकिताब

    काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिरभित्रै गर्ने गरी नयाँ मिति घोषणा गरिएसँगै केन्द्रीय सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा नै फेरि जित्ने देखिएको छ ।

    आसन्न महाधिवेशनमा सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा जित्ने गरी माहोल निश्चित भएको नेताहरु बताउँछन् ।

    पार्टीको १३औं महाधिवेशनमा दोस्रो चरणको निर्वाचनमा मात्रै सभापति देउवालाई समर्थन गरेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले यसपालि पहिलो चरणमै देउवालाई समर्थन गर्ने देखिएको छ । महाधिवेशनमा सहकार्य गर्न देउवा र सिटौलाबीच पटक–पटक छलफल भइसकेको छ ।

    कांग्रेसभित्र निर्णायक र प्रभावशाली मानिएका नेता सिटौलाको गृहजिल्ला झापा लगायत पूर्वका जिल्लामा राम्रो प्रभाव देखिएको छ । सिटौला पक्षका महाधिवेशन प्रतिनिधिको भोट देउवाको पक्षमा आएमा देउवा सभापतिमा सहजै जित्ने कांग्रेसका एक नेताले मिडिया डबलीलाई जानकारी दिए ।

    ती नेताले भने, ‘सभापतिज्यूको पक्षमा माहोल राम्रो बनेको छ । प्रधानमन्त्री बन्नुभएका कारण पनि देशभरका नेताहरू सभापतिज्यूतिर आकर्षिक भएका छन् । सिटौलाज्यूले समर्थन गर्ने भएपछि देउवा सभापति बन्ने निश्चितजस्तै भएको छ ।’

    प्रधानमन्त्री देउवालाई चुनौती दिन खोजिरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा भने सभापतिकै धेरै आकांक्षी छन् । पूर्व महामन्त्री प्रकाशमान सिंह, पौडेल, महामन्त्री शशांक कोइराला र शेखर कोइराला बलियो गरी सभापतिमा भिड्ने दौडमा रहेका छन् ।

    अर्काे पक्षमा धेरै आकांक्षी भएको अवस्थामा देउवालाई सभापति जित्न झन् सहज हुने विश्लेषण कांग्रेसभित्र रहेको छ । विपक्षी खेमाबाट सभापतिका उम्मेदवार भएपनि देउवाले भित्रभित्रै प्रकाशमान सिंह र शशांक कोइरालासँग पनि सम्बन्ध बनाएको स्रोतको दाबी छ । दोस्रो चरणको चुनाव हुने अवस्थामा आफू बाहिरिएपछि सिंह र कोइरालाले देउवालाई सघाउने विश्वास संस्थापन पक्षको रहेको छ ।

    यसैबीच, महाधिवेशन प्रतिनिधि छनोट भइसकेका १३ जिल्लामा सभापति देउवा पक्षको स्पष्ट बहुमत आएको छ । 

    जिल्ला सभापति र महानगरको नेतृत्वमा आफ्नो पक्षमा बहुमत नआए पनि महाधिवेशन प्रतिनिधिमा बहुमत रहेको देउवा पक्षले दाबी गरेको छ । महाधिवेशनमा केन्द्रीय सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचनमा महाधिवेशन प्रतिनिधिले नै मतदान गर्नेछन् ।

    पार्टीको निर्वाचन समितिका अनुसार हालसम्म ३६२ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । छनोट भएका महाधिवेशन प्रतिनिधिमा २०० बढी प्रतिनिधि आफ्नो पक्षमा रहेका देउवा पक्षको दाबी रहेको छ । पौडेल निकटका १२१ प्रतिनिधि छनोट भएका छन् । निर्वाचित प्रतिनिधिमध्ये २५ जना कुनै पनि पक्षमा नखुलेका जनाइएको छ । सिटौला पक्षबाट करीब २ दर्जन महाधिवेशन प्रतिनिधि छनोट भएका कांग्रेस स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend