शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसको १४औं महाधिवेशन तोकिएको समयमा हुन्छ, हुन्छ : सभापति देउवा

कांग्रेसको १४औं महाधिवेशन तोकिएको समयमा हुन्छ, हुन्छ : सभापति देउवा

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १९ २०७८

  • 3.5K
    SHARES

  • कांग्रेसको १४औं महाधिवेशन तोकिएको समयमा हुन्छ, हुन्छ : सभापति देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।

    तिहार, नेपाल संवत र छठपर्वको अवसरमा शुक्रवार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको महाधिवेशन समयमै हुने दाबी गरेका छन् ।

    सभापति देउवाले पार्टीको महाधिवेशन आफ्नो हातमा नभएको र निर्वाचन समितिले पार्टीको महाधिवेशन समयमै गराउने बताएका छन् । उनले पार्टी महाधिवेशन स्वस्थ रूपमा हुनुपर्ने भन्दै जीत र हारले पार्टीभित्र दुष्मनी बढाउन नहुने बताएका छन् ।

    ‘अहिले पार्टी अधिवेशन आउँदैछ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिस्पर्धाबाट सभापति बनाउनुस्, त्यसमा जीतहार हुन्छ, हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग दिनुपर्ने हुन्छ र जीतहारमा दुष्मनी नबढोस्, पार्टी भित्रको मामिला हुनाले जीतहारमा दुष्मनी नबढोस्,’ देउवाले भने, ‘त्यस्तो अधिवेशन हुनुपर्छ, जसले जे भने पनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ, अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन, अधिवेशनको तयारीमा लाग्नुहोला ।’

    सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend