काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार स्वदेश फर्किंदैछन् ।
संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) पक्षको २६औं सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिन बेलायत गएका देउवा आज स्वदेश फर्किंदैछन् ।
१ र २ नोभेम्बरमा आयोजना भएको सम्मेलनमा भाग लिन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा गत कात्तिक १२ गते लण्डन गएका हुन् ।
प्रधानमन्त्री देउवा नेतृत्वको टोली एयरवेजको उडानबाट दोहा हुँदै आज बिहीवार काडमाडौं आउने कार्यक्रम रहेको छ ।
वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनीबाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किने जनाइएको छ ।
स्वदेश फर्किनुअघि प्रधानमन्त्री देउवाले स्कटल्यान्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुका साथै गार्डेनमा रहेको नेपाली बगैंचामा भोजपत्रको विरुवा रोपेका छन् ।
पाँचौंपटक प्रधानमन्त्री भएपछि यो प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागिता जनाउँदै सम्बोधन गरेका छन् ।
भ्रमणमा रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली संघ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।