काठमाडौं – पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–३१ कोन्हियामा ९२ जना स्थानीय अगुवा नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसका नेता संविधानसभा सदस्य अनिल रुँगटाको प्रमुख आतिथ्य तथा कांग्रेसका कार्यबाहक वडा समिति सभापति महमद हैदरको अध्यक्षतामा कोन्हियामा आयोजित कार्यक्रममा स्थानीय अगुवाले पार्टी प्रवेश गरेका छन् ।
दलित युवा संगठन समाजको उद्घाटन समारोह समेत कार्यक्रममै भएको छ ।
दलित युवा संगठन समाजको उद्घाटन कार्यक्रमको अध्यक्षता दलित युवा अगुवा रामलाल महरा रामले गरेका हुन् ।
दलित अगुवा रामले दुईतिहाइको सरकार चलाउन नसकेका कम्युनिस्ट सहितका दलहरुले आग्रह गरेर संकटबाट देशलाई निकास दिलाउनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।