काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल छिट्टै कोभिड–१९ संक्रमणमुक्त देश हुने दाबी गरेका छन् ।
आज शनिवार गैरआवासीय संघ लण्डनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा खोप भित्र्याउन संघले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै छिट्टै देश कोभिडमुक्त हुने दाबी गरे ।
देउवाले गैरआवासीय नेपालीहरुलाई नेपालमा वैदेशिक लगानी भित्र्याउन आग्रह समेत गरेका छन् । संघका प्रतिनिधिहरुले वैदेशिक लगानी भित्र्याउने वातावरण तयार गर्न भनेपछि देउवाले सरकारले लगानीलाई प्राथमिकता दिएको र प्रोत्साहन गरेको बताएका छन् ।
गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष कूल आचार्यले ज्ञापनपत्र बुझाउँदै दोहोरो नागरिकताको व्यवस्था, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल र बेलायतबीच सिधा हवाई उडान, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था र वैदेशिक लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।