शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

गरीबका घरघरमा १०/१० हजार रुपैयाँ पुर्‍याउँदै देउवा सरकार, कस–कसले पाउँछन् ? यस्तो मापदण्ड

गरीबका घरघरमा १०/१० हजार रुपैयाँ पुर्‍याउँदै देउवा सरकार, कस–कसले पाउँछन् ? यस्तो मापदण्ड

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ११ २०७८

  • 7.1K
    SHARES

  • गरीबका घरघरमा १०/१० हजार रुपैयाँ पुर्‍याउँदै देउवा सरकार, कस–कसले पाउँछन् ? यस्तो मापदण्ड

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरीब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँको दरले ५ अर्ब रुपैयाँ नगद वितरण गर्ने कार्यविधि पारित गरेको छ ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएर राजपत्रमा सूचना प्रकाशन गर्न कानून मन्त्रालयमा पठाइएको छ ।

    कानूनले १/२ दिनमै कार्यविधि राजपत्रमा पठाउने भएको जनाइएको छ । राजपत्रमा प्रकाशित भएपछि नगद हस्तान्तरणको प्रक्रिया अघि बढाइने स्रोतको जनाएको छ ।

    देउवा सरकारले प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोभिड–१९ प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अतिविपन्न गरीब ५ लाख परिवारलाई प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले निश्चित मापदण्ड बनाई अनुदान प्रदान गर्ने घोषणा गरेको थियो । यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा २०७८ असोज महिनाभित्र हस्तान्तरण गरिने जनाइएको भएपनि कार्यान्वयनमा ढिलाइ भएको छ ।

    अर्थ मन्त्रालय स्रोतका अनुसार सकेसम्म दशैंअघि  नै गरीब परिवारलाई नगद हस्तान्तरण गर्ने गरी कार्यविधिको मस्यौदामा मन्त्रिपरिषद्मा लगिएको थियो । मन्त्रिपरिषद्बाट कार्यविधि पास हुन ढिलो भएपछि दशैंअघि गरीब परिवारलाई नगद हस्तान्तरण गर्न नसकिएको अर्थ मन्त्रालयका उच्च कर्मचारीहरु बताउँछन् ।

    ‘दशैंअघि सम्भव नभए असोज महिनासम्म नगद हस्तान्तरण गर्ने तयारी थियो । मन्त्रिपरिषद्बाट कार्यविधि पास हुन ढिलो हुँदा त्यो पनि कार्यान्वयन हुन सकेन,’ अर्थका एक उपसचिवले भने । अर्थ स्रोतका अनुसार कार्यविधिमा स्थानीय तहमार्फत नगद हस्तान्तरण गर्नुअघि सरकारले एउटा निश्चित समय तोकेर सूचना प्रकाशित गर्ने व्यवस्था गरिएको छ ।

    तोकिएको समयभित्र विपन्न परिवारका सदस्य सम्बन्धित स्थानीय तहमा गई फाराम भर्नुपर्ने व्यवस्था रहेको छ । अतिविपन्न परिवार छान्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । यसमा ८ वटा मापदण्ड बनाइएको स्रोतले जनाएको छ । 

    ‘विपन्न परिवार छान्ने काममा सम्बन्धित वडाको वडा कार्यालयलाई जिम्मेवार बनाइएको छ,’ अर्थ स्रोतले भनेको छ ।

    कार्यविधिमा स्थानीय तहको सिफारिस र समन्वयमा अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गरिने व्यवस्था भएको छ । अर्थका अनुसार ५ लाख अतिविपन्न परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद हस्तान्तरण गर्दा कम्तीमा ५ अर्ब रुपैयाँ राज्यको व्ययभार थपिने भएको छ ।

    कार्यविधिको नाम कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण सम्बन्धी कार्यविधि २०७८ राखिएको छ । मन्त्रालयका अनुसार कार्यविधिमै प्रत्येक नगरपालिका र गाउँपालिकाको नगद हस्तान्तरण गरिने परिवारको संख्या नै तोकिएको छ ।

    तोकिएको संख्याभित्र रहेर सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने भएका छन् । ‘तोकिएको परिवार संख्यालाई पुग्ने गरी केन्द्रबाट एकमुष्ट रकम सम्बन्धित स्थानीय तहमा जानेछ । रकम सम्बन्धित स्थानीय तहले गरीब परिवारलाई बाँड्ने व्यवस्था मिलाइएको छ,’ अर्थ स्रोतले भनेको छ ।

    देउवा सरकारले भर्खरै मात्र सार्वजनिक खर्चमा कटौती गर्न नयाँ मापदण्ड बनाएको छ । मापदण्ड राम्रोसँग कार्यान्वयन भएमा कम्तीमा ५ अर्ब रुपैयाँ राज्यको व्ययभार जोगिने अर्थका अनुमान रहेको अर्थका एक सहसचिव बताउँछन् । यसबाट गरीब परिवारलाई बाँड्ने ५ अर्बको स्रोत जोगाउन सजिलो हुने अर्थका अधिकारीले बताएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend