शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

देउवा सरकारको अर्काे उपहार: मंसिर १ गतेदेखि २० युनिटसम्म बिजुली देशैभर निःशुल्क हुने घोषणा

देउवा सरकारको अर्काे उपहार: मंसिर १ गतेदेखि २० युनिटसम्म बिजुली देशैभर निःशुल्क हुने घोषणा

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 17.8K
    SHARES

  • देउवा सरकारको अर्काे उपहार: मंसिर १ गतेदेखि २० युनिटसम्म बिजुली देशैभर निःशुल्क हुने घोषणा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताका लागि एकपछि अर्काे लोकप्रिय कार्यक्रम ल्याइरहेका बेला अब २० युनिटसम्म बिजुली बाल्ने ग्राहकलाई निःशुल्क हुने घोषणा भएको छ ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरूलाई निःशुल्क हुने घोषणा गरिन् । यसअघि २० युनिटसम्म बिजुली निःशुल्क हुने योजना बजेटमा ल्याइएको थियो । त्यो प्रावधान कार्यान्वयन मंसिर १ गतेदेखि हुने भएको छ ।

    आज मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाइमा घटेको महशुल लागू हुने समेत बताइन् ।

    मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताइन् । ‘आजसम्म नेपालीलाई चाहिने जलविद्युत्को पर्याप्त उत्पादन गरिसकेको छ,’ उनले भनिन्, ‘अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरू बढाउने रहेको छ ।’

    मन्त्री भुसालले असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारीसाधनले सहयोग गर्ने बताइन् । विद्युतीय सवारीसाधनले रोजगारीमा समेत सहयोग पुग्ने बताउँदै भुसालले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकाका सरकारी कार्यालय र उपत्यकामा चल्ने सबै सवारीसाधनहरू विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताएकी छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend