शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा सरकारले गर्‍यो ठूल्ठूला यी ५ निर्णय, देशैभर प्रहरी, किसानदेखि गरीब जनतालाई फाइदा

देउवा सरकारले गर्‍यो ठूल्ठूला यी ५ निर्णय, देशैभर प्रहरी, किसानदेखि गरीब जनतालाई फाइदा

  • मिडिया डबली
  • सोमवार, कार्तिक ८ २०७८

  • 16.4K
    SHARES

  • देउवा सरकारले गर्‍यो ठूल्ठूला यी ५ निर्णय, देशैभर प्रहरी, किसानदेखि गरीब जनतालाई फाइदा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद्को बैठकले देशैभर प्रभाव पर्ने गरी ठूल्ठूला निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासन दररेटमा १५ प्रतिशतले बढाउने निर्णय गरेको छ । यस निर्णयबाट देशैभरका प्रहरीलाई फाइदा पुग्नेछ ।

    मन्त्रिपरिषद् बैठकले कोडिभ–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत प्रदान गरेको छ । यसबाट कोभिड प्रभावितलाई नगद हस्तान्तरण गर्ने सरकारको योजना कार्यान्वयनमा जानेछ भने देशैभरका गरीब जनताले सरकारबाट नगद लाभ पाउने छन् ।

    देउवा सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् ।

    कार्यदललाई ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । सरकारको यो निर्णयबाट अविरल वर्षाले धानबालीमा क्षति व्यहोरेका किसानलाई फाइदा पुग्नेछ ।

    यसैबीच सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेले दिएको राजीनामा स्वीकृत गर्दै निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ ।
     
    सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend