काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी महाधिवेशन २–४ दिन अघिपछि भए पनि गराएरै छाड्ने स्पष्ट पारेका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आईतबार आयोजित कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन पर सार्ने पक्षमा आफू नरहेको स्पष्ट पारे ।
सभापति देउवाले भने, ‘महाधिवेशन तोकिएकै मितिमा गर्ने हो, २–४ दिन यताउता भएर केही फरक पर्दैन ।’ देउवाले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्न पनि निर्देशन दिए ।
उनले भने, ‘पार्टीभित्र सकभर सहमति गरौं, सहमति नभए लोकतान्त्रिक अभ्यास गरौं । चुनाव हारेकाले जितेकालाई काम गर्न दिनुपर्छ, झगडा गर्नुहुँदैन ।’
सरकारले बाढीपहिरो र डुबानबाट प्रभावित भएकालाई उचित राहत र सहयोग उपलब्ध गराउने बताउँदै प्रधानमन्त्री देउवाले मृतकका परिवारलाई २ लाख उपलब्ध गराइने बताएका छन् ।
देउवाले भने, ‘विपद्मा परेका जनतालाई सरकारले हेर्छ, त्यसैले म आएको हुँ ।’ प्रधानमन्त्री देउवाले आईतबारै प्रभावित क्षेत्रको अनुगमन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।