शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

बाढीपहिरो पीडितका लागि विशेष प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको घोषणा

बाढीपहिरो पीडितका लागि विशेष प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको घोषणा

  • मिडिया डबली
  • आइतवार, कार्तिक ७ २०७८

  • 2.6K
    SHARES

  • बाढीपहिरो पीडितका लागि विशेष प्याकेज ल्याउने प्रधानमन्त्री देउवाको घोषणा

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेज ल्याउने घोषणा गरेका छन् ।

    आज आईतबार १ नम्बर प्रदेशका बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेषगरी किसानहरुको बाली नष्ट भएकाले विशेष राहत प्याकेजको घोषणा गर्ने बताएका छन् ।

    देउवाले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षासँगैको बाढी र पहिरोले ठूलो क्षति गरेको बताएका छन् । 

    उनले खेतमा पाकेर घर भित्र्याउने बेला भएको वर्षा र बाढीपहिरोले धानबालीमा धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रधानमन्त्री देउवाले भने, ‘छिट्टै किसानका लागि राहत प्याकेज घोषणा गर्नेछौं । पीडितलाई ऋण लिएर भए पनि बासस्थान र खानाको व्यवस्था गर्नेछौं । सरकारको पहिलो प्राथमिकता भनेकै किसानको समस्यालाई समाधान गर्ने नै हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend