शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

बाढीपहिरो प्रभावितको हालखबर बुझ्न प्रधानमन्त्री देउवा १ नम्बर प्रदेश जाँदै

बाढीपहिरो प्रभावितको हालखबर बुझ्न प्रधानमन्त्री देउवा १ नम्बर प्रदेश जाँदै

  • मिडिया डबली
  • आइतवार, कार्तिक ७ २०७८

  • 2.9K
    SHARES

  • बाढीपहिरो प्रभावितको हालखबर बुझ्न प्रधानमन्त्री देउवा १ नम्बर प्रदेश जाँदै

    काठमाडौं – अविरल वर्षासँगैको बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज आईतबार १ नम्बर प्रदेशका जिल्लाहरुमा जाने भएका छन् ।

    बाढीपहिरो तथा डुबानले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री देउवा आईतबार इलाम लगायत १ नम्बर प्रदेशका जिल्लामा जाने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री देउवा सुनसरी, मोरङ, इलाम र पाँचथर लगायत ठाउँ पुगेर बाढीपहिरो तथा डुवान प्रभावितहरुसँग भेट्ने कार्यक्रम रहेको छ ।

    आज आईतबार बिहान ८ बजे बाढी प्रभावित क्षेत्र गएर आजै साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्रीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललगायत मन्त्रीहरु पनि १ नम्बर प्रदेशको बाढीपहिरो तथा डुवान क्षेत्रको निरीक्षणका लागि जाने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ।

    गत बिहीवार र शुक्रवार प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका विभिन्न जिल्लाका बाढीपहिरो तथा डुबान क्षेत्रको निरीक्षण गरेर फर्किएका थिए । सरकारले तत्कालका लागि अस्थायी आवास बनाउन बाढीपहिरो प्रभावितलाई ५० हजार रुपैयाँ दिने जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend