शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

बाढीपहिरो पीडितको बेहाल देखेपछि कांग्रेस कार्यकर्तालाई प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

बाढीपहिरो पीडितको बेहाल देखेपछि कांग्रेस कार्यकर्तालाई प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ५ २०७८

  • 3.0K
    SHARES

  • बाढीपहिरो पीडितको बेहाल देखेपछि कांग्रेस कार्यकर्तालाई प्रधानमन्त्री देउवाको यस्तो निर्देशन

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक विपत्तिका बेला राजनीतिभन्दा माथि उठेर पीडित जनताको उद्धार र राहतको काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    बिहीबार बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका क्रममा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले बिहीवार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएकोे बताएका छन् ।

    बाढी डुबान र पहिरोबाट सुदूरपश्चिमबाहेक देशका पूर्वी भेगका जनता समेत पीडित बनेको उल्लेख गर्दै देउवाले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराइने बताएका छन् ।

    ‘बाढीपहिरो पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ,’ देउवाले भने, ‘काठमाडौं पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिने छ ।’  
    प्रधानमन्त्री देउवाले प्राकृतिक प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

    कार्यक्रममा सहभागी स्थानीय नेता कार्यकर्ताले वर्षापछि कैलालीमा भएको डुबान तथा कटानले विकराल समस्या निम्त्याएको र किसानको हजारौं बिगाहामा लगाइएको धानबाली नष्ट भएको भन्दै पीडित किसानलाई नेपाल सरकारले उचित राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

    प्रधानमन्त्री देउवाले वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चपुरमा भएको क्षतिको निरीक्षण अवलोकन गरेका छन् ।
     
    प्रधानमन्त्री देउवा नेतृत्वको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पूर्व मन्त्री एनपी साउँद, रमेश लेखक, वीरबहादुर बलायर लगायत सहभागी रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend