आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेता एनपी साउँदको त्यो कुराले प्रधानमन्त्री देउवालाई घच्घच्याएपछि अकस्मात यस्तो निर्णय

नेता एनपी साउँदको त्यो कुराले प्रधानमन्त्री देउवालाई घच्घच्याएपछि अकस्मात यस्तो निर्णय

  • मिडिया डबली
  • बुधवार, कार्तिक ३ २०७८

  • 6.5K
    SHARES

  • नेता एनपी साउँदको त्यो कुराले प्रधानमन्त्री देउवालाई घच्घच्याएपछि अकस्मात यस्तो निर्णय

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बिहीवार गृहप्रदेश सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गर्न जाने निर्णय भएको छ ।

    सुदूरपश्चिमको कञ्चनपुरमा महाकाली नदीले गरेको कटानको प्रत्यक्ष निरीक्षण गरेका नेता एनपी साउँदले अवस्थाबारे सुनाएपछि देउवाले स्वयं निरीक्षणमा जाने निर्णय गरेका हुन् ।

    प्रधानमन्त्री देउवा १ मन्त्री र ३ जना पूर्व मन्त्रीका साथमा गृहप्रदेशमा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जान लागेका छन् । 

    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदसँग बुधवार अपराह्न भएको छलफलका क्रममा देउवाले बिहीवार बिहान सुदूरपश्चिमको निरीक्षणका लागि जाने तय गरेका छन् । प्रधानमन्त्री देउवा, नेता साउँद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले सुदूरपश्चिम जाने भएका छन् ।

    निरीक्षण टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायर समेत रहने जनाइएको छ । टोली काठमाडौंबाट सोझै कुन जिल्ला जाने भन्नेबारे तय भई नसकेको नेता साउँदले बताए ।

    247068247_420972186079728_6788890673884028859_n.jpg

    छलफलका क्रममा आफूले प्रधानमन्त्रीलाई नदी किनारका बस्तीहरू जोखिममा रहेका, पहाडी जिल्लामा पहिरोको उच्च जोखिम रहेको, सडक सञ्जाल भताभुङ्ग भएको, विद्युत्, टेलिफोन सेवा अवरुद्ध भएकोबारे जानकारी गराएको नेता साउँदले बताएका छन् ।

    उनले भने, ‘सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरका किसानले धानको एकतिहाइ खेतबाट घर ल्याउन सकेका छैनन् । कतै धान बगाएको छ भने कतै डुबाएको छ । यसबारे मैले प्रधानमन्त्रीलाई अवगत गराएको छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend