काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बाढीपहिरोमा परी मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले बताएका छन् ।
बाढीपहिरोमा घाइते भएकाहरूको उपचार निःशुल्क गर्ने निर्णय समेत गरिएको छ । परिवारको १ जनाको मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र १ जनाभन्दा धेरै मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाख रुपैयाँका दरले राहत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
बाढीपहिरोबाट घर भत्केकाहरुको घर पुनर्निर्माणका लागि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय समेत मन्त्रिपरिषद् बैठकबाट गरिएको छ ।
मन्त्री श्रेष्ठले भने, ‘धान लगायतका अन्य क्षतिको मूल्यांकन गरेर त्यसैअनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ । त्यसका लागि सरकारले सबै संयन्त्र परिचालन गर्नेछ ।’
मन्त्रिपरिषद् बैठकले राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गर्ने निर्णय समेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।