काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फूटबल टोलीका हरेक खेलाडीलाई ५/५ लाख रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज सोमवार बसेको बैठकले खेलाडीलाई ५/५ लाख र प्रशिक्षकलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
हालै माल्दिभ्समा सम्पन्न भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलोपटक फाइनलसम्म पुगेर उपविजेता बनेको हो । फाइनलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको नेपाल उपविजेतामा सीमित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।