काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मुगु जिल्लामा भएको बस दुर्घटनामा परेर मृत्यु भएका ३२ जनाका परिवारका लागि आर्थिक सहायता सम्बन्धी ठूलो घोषणा गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज आईतबार प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रतिमृतक किरिया खर्च २५ हजार र आर्थिक सहायता १ लाख रुपैयाँ गरी १ लाख २५ हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।
मृतकका परिवारका लागि आर्थिक सहायता तथा घाइतेको उपचार खर्चबापतको रकम भुक्तानीको व्यवस्था मिलाउने गरी प्रक्रिया आरम्भ भइसकेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
असोज २६ गते नेपालगञ्जबाट मुगुको गमगढीतर्फ जाने क्रममा भे१ख ३१६७ नम्बरको बस मुगुको छायाँनाथ नगरपालिका–७ तपने खोलामा खसेर दुर्घटना भएको थियो । यसअघि नै प्रधानमन्त्री देउवाले आर्थिक सहायता दिने सम्बन्धी घोषणा गरेका थिए ।
पढ्नुहोस् विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।