काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सवारीसाधन दुर्घटनामा घाइते भएका यात्रुको निःशुल्क उपचार र मृतक परिवारलाई उचित राहत दिने आधिकारिक घोषणा गरेको छ ।
गृह मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेहरूको किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेको निःशुल्क उपचार गर्ने जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ ।’
पढ्नुहोस् विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।